हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 828  पटक पढिएको

त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी क्लब लाइसेन्स प्राप्त गरेको छ । एन्फाको क्लब लाइसेन्स इजाजतका लागि अपिल गर्ने निकायको मंगलबार बसेको बैठकको निर्णय आर्मी फुटबल क्लबलाई लाइसेन्स दिने निर्णय भएको हो ।

आर्मी क्लबले यस अघिको निर्णय उपर पुनर्विचार गरी पाउँ भनी एन्फा सचिवालयमा दर्ता गराएको अपिलमाथि छलफल हुँदा त्रिभुवन आर्मी फुटबल क्लबले एएफसीको मापदण्डअनुसार सबै योग्यता पुरा गरेको पाइएकाले लाइसेन्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

सो लाइसेन्स प्राप्त गरे पश्चात आर्मी फुटबल क्लबले एएफसी कप क्लब अन्तर्गत संचालन हुने व्यवसायिक फुटबल प्रतियोगिताहरुमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्न सक्ने नेपाली सेनाले जनाएको छ ।

यस ऐतिहासिक उपलब्धिको अवसरमा नेपाली सेना र त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा लगायत सम्बद्ध सबैमा आभार व्यक्त गर्नुका साथै यसबाट नेपालमा फुटबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!