हिपमत डटकम

मंगलबार, पौष ०७, २०७७ || 940  पटक पढिएको

धरान र धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘ धरान शहर ’ बोलको गीतको म्युजिक भिडिओ सोमबार धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएकोछ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उप(महानगरपालिकाको उप(प्रमुख मंजु भण्डारीले एलईडी स्क्रीनको प्ले बटन थिचेर ‘ धरान शहर ’ सार्वजनिक गर्नु भएको थियो। सोही समयमा नै गायक ज्ञान सुब्बाको युट्यूव च्यानल मार्फत पनि उक्त सार्वजनिक गरिएको थियो ।
गीतको शब्द अनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र ,विजयपुर , भेडेटार सम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको उक्त गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ । भावना स्टुडियो ,धरानमा रेकर्ड गरिएको गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ।
सिल्भर इन्टरटेनमेन्टको निर्माणमा थैली इन्टरटेनमेन्टको भुपेन्द्र तुम्बहाम्फेको छायाँन्कन र निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा
रेखा लिम्बु,बिनोद बस्नेत,बादल श्रेष्ठ,जोयना लिम्बु,बिपना श्रेष्ठ,निशान लिम्बु,र किरण श्रेष्ठको अभिनय रहेको छ भने सम्पादन अनिल रानाको रहेको छ।
धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ , बरिष्ट लोक गायक गंगा बरदान , बरिष्ट कलाकार प्रेम सुब्बा , धरान संगीत प्रतिष्ठान का अध्यक्ष सुवर्ण श्रेष्ठ धरान उप (महानगरपालिकाको पर्यटन समिति सह (संयोजक किशोर थुलुङ्ग लगायतको आतिथ्य रहेको कार्यक्रममा
बरिष्ठ गायक दिप श्रेष्ठ,बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुबर्ण श्रेष्ठले भिडियो मार्फत शुभकामना सुन्देश दिएका थिए भने गायक ज्ञान सुब्बाका अन्य दुई बटा ओ ब्यस्त जीवन र हिउँदोको घाम गीत समेत देखाईएको थियो। भर्खरै मात्र नेपाल जेसिज २०२१ को राष्ट्रिय उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याई बिजयी हुनु भएका धरान जेसिज २०२० का अध्यक्ष दिपेन्द्र निरौलालाई प्रमुख अतिथि उप(प्रमुख मंजु भण्डारी र सिल्भर इन्टरटेनमेन्टको प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले खादा र सम्मानपत्र दिएर सम्मानित गरिएको थियो।
कार्यक्रममा बोल्दै संगीतकार जीवन भट्टराईले धरानको पर्यटनमा टेवा पुगोस भन्ने अभिप्रायले यो गीत र भिडियो तयार गरेको हो र हाम्रो मिहिनेतले यसले केहि हदसम्म धरान चिनाउने प्रयास गरिएको बताउनुभयो भने प्रमुख अतिथि उप(प्रमुख मंजु भण्डारीले धरान पुर्वको पर्यटनको हबको रुपमा रहेको र यो गीत तयार गरेर धरानलाई दिएको उपहारको लागी सम्पूर्ण टिममा धन्यबाद व्यक्त गर्दै कलाकारहरुले आफ्नो ठाउँको लागि यसरि नै अघि बढ्नु पर्ने बताउनु भयो।
म्युजिक भिडियो लिंक स् जततउकस्ररथयगतग।दभरकभ्पव्दीभण्त्ीक

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!