हिपमत डटकम , विराटनगर, ११माघ, दुई महिना अघि लेटाङ नगरपालिकाका मेयर शंकर राईले सुरु गर्नु भएको लेटाङ नगरका प्राथमिक तहका बिध्यार्थीलाई न्यानो कपडा बितरणको कार्यक्रमको निरन्तरता स्वरुप आज जाँते माविका २० जना बिपन्न बिध्यार्थीलाई न्यानो कपडा बितरण गर्नु भएको छ ।
बिद्यालयको ४३ औ बार्षिक उत्सब तथा अभिभावक दिवश कार्यक्रमका अवशरमा पोसाक हस्तान्तरण गरिएको नगरप्रमुख राईले जानकारी दिनुभयो ।
सो कार्यक्रममा सुर्योदय युवा क्लबले समेत उक्त बिद्यालयका ७ जना बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । क्लबका सचिब नवीन लिम्बुका अनुसार जेहेन्दार तथा बिपन्न बिध्यार्थीलाई छात्रवृत्ति दिईएको हो ।
उक्त कार्यक्रममा बिद्यालय प्रगती प्रतिबेदन, अभिभावक तथा बिद्यार्थी खेलकुद, अक्षयकोष तथा छात्रवृत्ति तथा पुरस्कार बितरण साथै ब्यबस्थापन समिती समेत गठन गरिएको थियो ।