हिपमत डटकम

सोमबार, पौष ०६, २०७७ || 986  पटक पढिएको

पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलको सेमीफाइनल समिकरण पुरा भएको छ ।
लिगचरणका खेलहरु आज सकिएसंगै सेमीफाइनल समिकरण पुरा भएको हो । ८ र ९ गते सेमीफाइनल तथा नकआउट चरणका खेलहरु हुनेछन् । आजको खेलमा दि रयल ब्रदर्शले टेन नवोदयलाई १–० गोल अन्तरले पछि पारेको छ । यी दुबैटिम सेमीफाइनल प्रवेश गरिसकेका छन् ।
खेलको १५ औँ मिनेटमा दि रियल ब्रदर्शका जर्सी नं. १४ का खेलाडी डम्बर मगरले वान भर्सेज वानमा उत्कृष्ट गोल गरे । मगरले गरेको गोल नै आजको निर्णायक गोल भएको हो । खेलको ३६ औँ मिनेटमा विशाल पाण्डेले डिबक्स नजिकबाट गरेको फ्रिकिक प्रहारले पोष्टको दिसा लिन सकेन । खेलको अतिरिक्त समयमा तिर्थ बस्नेतको उत्कृष्ट पासलाई सबिन लिम्बुले सदुपयोग गर्न सकेनन् । सविनको प्रहार बाहिरिएपछि दि रियलले थप गोल गर्न सकेन ।
खेल अवधिभर निकै दवावमा रहेको टेन नवोदयले पाएका अवसरको सदुपयोग गर्न नसक्दा आजको खेलमा हार व्यहोर्न पुग्यो । पहिलो हाफको अतिरिक्त समयमा घनश्याम चौहानले निकालेको पासलाई अंकित लिम्बूले हेड गरे, तर बलले पोस्टको दिसा लिन सकेन । ४९ औँ मिनेटमा राज तामाङले पाएको कर्नरलाई पनि जाली चुमाउन नसकेपछि टेन नवोदय स्तब्ध बन्यो । दोस्रो हाफमा खेलमा फर्किएको नवोदयले पाएका केही अवसरहरुको सदुपयोग गर्न नसकेपछि हार व्यहोर्न बाध्य भयो ।
प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच दि रियल ब्रदर्शका दिपेन माझी घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।
बुधबारको नकआउट चरणको खेल समुह ए बिजेता टिम श्रीजंगा र टेन नवोदय एफसी बिच हुने छ । सेमी फाइनलमा ९ गते समुह बि बिजेता टिम दि रयल ब्रदर्श र समुह ए उपबिजेता हेरिका न्यू स्टार बिच हुने टुङ्गो लागेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!