नेपाली सांगीतिक आकाशमा हिट गीतहरुको कभर भिडियो बन्ने क्रम चलिनै रहेको छ , तर हिट गीतको कभर भिडियो अथवा अडियो बनाउँदा गीतको वास्तविक सर्जक अथवा गीतको एकाधिकार भएको कम्पनिलाई जानकारी गराई श्रोत र सौजन्य साभार गर्नु पर्ने हुन्छ । तर केहि दिन अघि सार्वजनिक भएको ट्रि ईन्टरटेनमेन्ट द्वारा निर्माण गरिएको निर्देशक दिपेश सापकोटा निर्देशित “आकाशैको छाना मुनि…” बोलको गीत सर्जकलाई बिना जानकारी गराई निर्माण गरेकोले आफुलाई घाटा लागेको बताए “आकाशैको छाना मुनि…” का सर्जक तथा निर्माता ट्रि ईन्टरटेनमेन्टले ।

गायाक बिश्व नेपाली र गायिका अस्मिता परियारको स्वर रहेको गीतलाई निर्माण कम्पनीले ठुलै लागतमा निर्माण गरिएको थियो। हामीले हाम्रो यस गीतलाई फरक तरिकाले प्रेजेन्टेसन गरेका थियौ तर स्मारिका समारिका ढकाल युटुब च्यानलले भिडियो निर्माण गरेर सार्वजनिक गरेको छ। स्मारिका समारिका ढकाल युटुब च्यानलले बिना अनुमित कभर भिडियो निर्गमाण गरेर अपलोड गरेको ट्रि ईन्टरटेनमेन्टले बताएको छ । ट्रि ईन्टरटेनमेन्टले आफ्नो एकाधिकार भएको गीत अन्यले प्रयोग गरेको थाहा पाएपछि कानुनि उपचारमा लाग्ने बताएको छ । स्मरण रहोस प्रतिलिपि ऐन अनुशार यस्तो कार्य गर्ने गराउने लाई कडा कारवाही र जरिवानाको प्रावधान रहेको छ। हाल कभर भिडियो निर्माणको क्रमले गर्दा असली श्रष्टा र सर्जक धेरैनै घाटा पर्ने गरेको छ । यस्तो खालको घटना दैनिक जस्तो संगितक रोयल्टी समाज , संगीतकर्मी संघ र गीत संगीतको क्षेत्रमा क्रियाशील अन्य निकायहरुमा उजुरी पर्ने गरेको छ। पटक पटक हुने श्रष्टा माथिको यस्तो प्रहारले संगितिक क्षेत्रमा व्यसायिक रुपमा लाग्न हरुलाई निरुसाहित पार्नुका साथै नेपाली संगितमै लाग्न चाहाने हरुमा नैराश्यता छाउने छ।

https://youtu.be/_3yfYsDTrco

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!