शुक्रबार, माघ १०, २०७६ || 882  पटक पढिएको

हिपमत डटकम
काठमाडौं , १० माघ :रक्सी खाने र साथीहरुसँग रमाइलो गर्ने भनेर तर्किएका उनलाई शुक्रबारकर्मीले आफ्नो पनि होटल रहेको बताएपछि बिस्तारै खुल्दै गए र सोधे, ‘केटीहरु पनि राख्नुहुन्छ ?’

उत्तर सकारात्मक पाएपछि उत्साही देखिएका उनले ‘रेट’ सोधे । ‘अरुतिर भन्दा सस्तै छ ।’ अन्यत्र पाँच सयदेखि हजार रुपैयाँसम्ममा ‘काम चलाउने’ गरेको उनको भनाइ थियो । फुर्सद नमिलेर एक महिनायता नेपाल जान नपाएको बताइरहेका उनले जे जस्ता कुरा सुनाए, त्यसले उनी पनि नेपाली यौन बजारका पुरानै ग्राहक भएको पुष्टि भयो । ‘नेपालमा यताभन्दा सजिलै पाइन्छ,’ तीन दिनअघि पानीट्यांकीमा बाइक सर्भिसिङ गर्दै गफिँदै उनले सुनाए, ‘पहिला दमकसम्म जान्थ्यौं अचेल चाहिँ बिर्तामोड र काँकडभिट्टासम्म जान्छौं ।’ उनका अनुसार ग्यारेजमा काम गर्ने उनका धेरै साथीहरु यौन प्यास मेटाउन नेपाली बजार नै सम्झिन्छन् ।

सिलिगुढी घर भएका उनी सात वर्षदेखि पानीट्यांकीको ग्यारेजमा काम गरिरहेका छन् । यसबीचमा उनी कतिपल्ट नेपाली बजार पुगेर यौन तिर्सना मेटे, त्यसको हिसाब छैन । ‘साथीहरु पहिल्यैदेखि जाँदा रहेछन्,’ उनले भने ‘मलाई पनि उनीहरुले नै लगेका हुन् ।’ धेरैवटा सहर भएको झापाका होटलहरुबाट प्रहरीले दिनहुँजसो ‘आपत्तिजनक अवस्था’ मा जोडीहरु समातेको खबर बाक्लै रुपमा आइरहँदा होटल व्यवसायीहरु ‘प्रहरीले काम देखाउन गरेको स्टन्ट’ भन्ने आरोप लगाउँछन् ।

मानौं, प्रहरीले त्यस्तो भेटेकै होइन तर माथिका यी दुई घटनाले पनि प्रस्ट पार्छन्, झापाका धेरै होटलमा देह कारोबार निर्बाध हुन्छ । जसका ग्राहक भारतीय मजदुरदेखि स्वदेशकै धेरै पेसाव्यावसायीहरु छन् । झापामा दैनिक सरदर कम्तीमा पाँच जना देहव्यापारकै अभियोगमा पक्राउ परिरहेका हुन्छन् । सबैभन्दा धेरै पक्राउ पर्ने दर बिर्तामोडमा छ ।

‘धेरै वटा होटलको व्यापार भनेकै देह कारोबार हो,’ झापाका एक जना प्रहरी अधिकृतले भने, ‘हामीले सकेसम्म नियन्त्रणको प्रयास गरेका हौं तर, हाम्रै जनशक्ति पनि मिलेका कारण सबैतिर नियन्त्रण सम्भव छैन ।’ उनका अनुसार लामो समयदेखि जिल्लामा कार्यरत कतिपय प्रहरी, सादा पोशाकमा खटिएर जिल्लाका सहरको वस्तुस्थिति बुझेका धेरै प्रहरीलाई होटलवालाहरुले ‘सेटिङ’ मा मिलाएका हुन्छन् । जसका कारण भनेजस्तो ‘अपरेशन’ सफल हुन सक्दैन । ‘एकपटक सबै टोली चेञ्ज गर्ने हो भने चाहिँ यसलाई नियन्त्रण गर्न सकिन्छ,’ उनको ठहर छ, ‘दमक, बिर्तामोड र काँकडभिट्टामा यौन व्यापारको रुप उच्च छ ।’

होटल व्यवसायीका अनुसार थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने माध्यम नै यौन व्यापार हो । सेटिङ मिलाएर गर्न सके मालामाल हुन सकिने अनुभव उनीहरुको छ । ‘कोठा भाडामा लिएर बस्यो, तीन–चार जना युवतीलाई सम्पर्कमा राख्यो भने झापामा ग्राहकको कमी हुँदैन,’ वर्ष दिन अघिसम्म बिर्तामोडमा होटल चलाएका ध्रुव अधिकारीले भने, ‘सामान्य रक्सी राखे पनि व्यापार चल्छ ।’ होटल व्यवसाय छाडेर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!