विराट कोहली र टिम इन्डियाको खराब प्रस्तुतीका लागि अनुष्का शर्मालाई दोष दिनु मानिसहरुको बानी नै भइसकेको छ । शनिबार बिहान भएको भारत र अष्ट्रेलियाबीचको खेलपछि अनुष्का शर्मा र उनको गर्भको बच्चालाई ट्वीटर प्रयोगकर्ताले निशानामा पारे । प्रयोगकर्ताले विराट कोहलीलाई मात्रै ट्रोल गरेनन् उनीहरुले हारका लागि अनुष्का शर्मा र उनीहरुका बच्चामाथि दोष लगाए ।
शनिबार भएको खेलमा विराट कोहली र भारतीय टिमका खेलाडीले निकै खराब प्रदर्शन गरे । यो खेलमा भारतको टिमले ३६ रन मात्रै बनाए र पूरा टिम आउट भयो । यस्तोमा प्रशंसक निकै रिसाएका छन् । यद्यपि, कुरा त्यतिबेला बिग्रियो जब केही प्रयोगकर्ताले गर्भवती अनुष्का शर्मालाई निशानामा लिए ।
अनुष्का ट्रोल हुँदा अघि सरे प्रशंसकः
प्रयोगकर्ताले अनुष्का र उनीहरुको जन्मिन लागेको सन्तानका कारण विराट आफ्नो खेलमा ध्यान दिन नसकेको आरोप लागेको छ । यति मात्रै होइन, गर्भवती अनुष्कालाई विभिन्न कारण देखाएर भारतको हारका लागि दोषी देखाइएको छ । साथै विराट र उनको सम्बन्धको सम्बन्धलाई ठट्टा पनि बनाइरहेका छन् । यस्तोमा नायिकाका थुप्रै प्रशंसक अनुष्का र विराटलाई समर्थन गरिरहेका छन् । ट्वीटरमा अनुष्का शीर्ष स्थानमा ट्रेन्ड गरिरहेकी छिन् ।
Anushka humne RCB ka lowest score ka record tod diya finally#AUSvINDtest pic.twitter.com/4vOibtOYK5
— Akhandbarbaadi (@akhandbarbaadi) December 19, 2020
https://twitter.com/ElGujju/status/1340155135805116417
https://twitter.com/JigarPeTrigger/status/1340227929498738689
https://twitter.com/tejas_pujare/status/1340205558155026432
https://twitter.com/_payal03_/status/1340193559975116800
स्मरण रहोस्, टिम इन्डिया वा विराट कोहलीको खराब प्रदर्शनमा अनुष्कालाई दोष दिइएको यो पहिलो घटना भने होइन । यसअघि पनि अनुष्कालाई खेल खराब हुँदा विभिन्न कुरा सुनाइएका थिए । यसका लागि कोहलीले जवाफ पनि दिएका थिए । साथै अनुष्काले पनि ट्रोलर्सलाई राम्रै जवाफ फर्काएका थिए ।