हिपमत डटकम

आइतबार, पौष ०५, २०७७ || 648  पटक पढिएको

बलिउड अभिनेत्री कंगना रनोटले आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको दाबी गरेकी छन् । भारतमा जारी किसान आन्दोलनलाई ‘राजनीतिबाट प्रेरित’ भएको बताउँदै आलोचना गरेको कारण आफूले १०–१२ दिनदेखि भावनात्मक र मानसिकरुपमा ‘अनलाइन लिंचिङ’ को सामना गर्नुपरिरहेको कंगनाले दाबी गरेकी छन् ।

सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै कगनाले प्रियंका चोपडा र दिलजीत दोसांझमाथि निशाना साधेका छन् । उनले भनेकी छन््, ‘उनीहरुले पटक–पटक आफ्नो देशभक्ति किन पुष्टि गर्नुपर्छ जबकि प्रियंका चोपडा र दिलजीत दोसांझजस्ता कलाकारहरुसँग कहिले पनि उनीहरुको नियतबारे प्रश्न गरिँदैन ।’

उनले भनिन्, ‘मैले वचन दिएको थिएँ जब किसान आन्दोलनको सत्य उजागर हुनेछ, शाहीन बागको जस्तै, तब तपाईंहरुसँग कुरा गर्नेछु । के यो देशमा प्रश्न गर्नु मेरो अधिकार होइन ? जबकि प्रधानमन्त्री नरेन्द्र मोदीले सबै कुरा स्पष्ट पारी सकेका छन् । तब कुनै प्रकारको सन्देह बाँकी रहँदैन । यसबाट पुष्टि हुन्छ कि यो आन्दोलन राजनीतिबाट प्रेरित छन् र यसमा आतंकवादी पनि भाग लिइरहेका छन् ।’

उनले थपिन्, ‘यो देशमा के भइरहेको छ ? साथीहरु हामी आफूले आफूलाई विदेशी शक्तिको अगाडि किन कमजोर बनाइरहेका छौँ ? मैले मेरो नियतको बारेमा हरेक दिन कुरा गर्नुपर्छ । एक देशभक्तलाई कयौँ कुरामा स्पष्टिकरण दिनुपर्छ । तर, दिलजीत दोसांझ र प्रियंका चोपडासँग उनको नियतबारे कसैले प्रश्न गर्दैनन्, उनीहरुका रणनीति के हो ? जबकि म देशको पक्षमा कुरा गर्दा ममाथि राजनीतिको आरोप लाग्छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!