हिपमत डटकम

शुक्रबार, पौष ०३, २०७७ || 987  पटक पढिएको

बिराटनगर । चेतना संरक्षण प्रतिष्ठानको मासिक साहित्यिक शृंखला शुक्रबारदेखि पुनः सुरु भएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि गत चैतदेखि शृंखला रोकिएको थियो । प्रतिष्ठानले विगत ४ वर्षदेखि हरेक महिनाको पहिलो शुक्रबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । शुक्रबार भएको ४७ औं शृंखलामा भरत गुरागाईं ‘बर्वरिक’, ममता मृदुल, मञ्जुश्री गिरी, लक्ष्मी स्मृति, शिवनारायण पण्डित ‘सिंगल’, प्रिन्स प्रमोदकुमार ढकाल, सविना श्रेष्ठ, सरिता तुलाधर, दुर्गा सिग्देल, शारदा कार्कीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

अबदेखि मासिक शृंखलालाई निरन्तरता दिइने कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डभित्र रहेर कार्यक्रम सञ्चालन गरिने नवोदितले बताए । प्रतिष्ठानका महासचिव उमेश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ खेम नेपाली, साहित्यकार ऋतु आसिकलगायतले चेतना संरक्षण प्रतिष्ठानको मासिक कार्यक्रमले नयाँ र पुराना पुस्ताका स्रष्टालाई जोड्ने काम गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!