हिपमत डटकम

शुक्रबार, पौष ०३, २०७७ || 1421  पटक पढिएको

काठमाडौँ। नेपाली सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने श्रष्टाहरुलाई २०७६ सालको नातिकाजी विशिष्ट सम्मान एवं पुरस्कारहरू घोषणा गरिएको छ ।
नेपाली सङ्गीतका शिखर पुरूष नातिकाजी श्रेष्ठको ९६ औं जन्मजयन्तीका अवसरमा कुटुवहाल चावहिलमा शुक्रबार सम्मान एवं पुरस्कार घोषणा गरिएको हो । बरिष्ठ गायक योगेश बैद्यको संयोजकत्वमा गठित तीन सदस्यीय सम्मान एवं पुरस्कार छनोट समितिको सिफारिसअनुसार सम्मान एवं पुरस्कार घोषणा गरिएको समाजले जनाएको छ ।

नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाका अनुसार, नेपाली सङ्गीतको विकासमा योगदान पुर्याउनुहुने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान एवं पुरस्कारहरू प्रदान गरिन्छ । उहाँका अनुसार, २०७६ सालको नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान बरिष्ठ सङ्गीतकार नोर्बु छिरिङ लामालाई प्रदान गरिने भएको छ । यस्तै, बालकृष्ण सजिव, सुरेन्द्र राना, राजु अग्रवाल, सुनिल मास्के, राजु सिंह, मदन सिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, चुडामणि देवकोटा र महेश खड्कालाई नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान–२०७६ प्रदान गरिने भएको छ । यस्तै, पुरस्कारतर्फ प्राश्ना शाक्य, चेतन सापकोटा, सुगम पोखरेल र दयाराम पाण्डेलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।

यसैगरी, मेलिना राई, वसन्त सापकोटा, सुरज थापा र हर्क साउदलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७६ प्रदान गरिने जनाइएको छ । यस्तै, जीवीत जल्मीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार–२०७६ प्रदान गरिने भएको छ । यसैगरी, विकास नाथ योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७६, बद्री पंगेनीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार–२०७६ र पत्रकार विदुर गिरी एवं श्याम स्मृतलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने जनाइएको छ ।
कार्यक्रममा समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाले नेपाली सङ्गीतको इतिहास खोज्ने हो भने नातिकाजीको अध्ययनबाट मात्र पूरा हुने बताउनुभयो ।

यस्तै, बरिष्ठ सङ्गीतकार शान्तिराम राईले नेपाली मौलिक सङ्गीतको राजमार्ग निर्माणमा नातिकाजीको प्रमुख भूमिका रहेको चर्चा गर्नुहुँदै नेपाली सङ्गीतका हरेक पारखीले यो सत्यलाई अनुशरण गर्नुपर्ने बताउनुभयो ।

यस्तै, गायक सुगम पोखरेलले नेपाली सङ्गीतको सागरका रुपमा नातिकाजीको योगदान रहेको चर्चा गर्नुभयो ।
गायक बद्री पंगेनीले लोक सङ्गीतको धरातलमा नातिकाजीले आफ्ना हरेक सङ्गीत सिर्जना गर्नुभएको बताउनुभयो ।
समाजका सचिव दीपक श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा गीतकार भूपेन्द्र खड्काले नेपाली मौलिक सङ्गीतको विकास र विस्तारमा नातिकाजीको योगदानको चर्चा गर्नुहुँदै नेपाली सङ्गीतको आकाशका रुपमा योगदान रहेको बताउनुभयो । सम्मान एवं पुरस्कार वितरण कार्यको समय पछि तय गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!