रोबर्ट लेवान्डोस्की फिफा वर्ष खेलाडी २०२० घोषित भएका छन् । गत सिजन उनले जर्मन क्लब बार्यन म्युनिखलाई च्याम्पियन्स लिगसहित प्रमुख तीन उपाधि जिताउने क्रममा ४७ खेल खेल्दै ५५ गोल गरेका थिए ।

जर्मन बुुन्डेस लिगाबाट खेल्ने खेलाडी फिफा वर्ष खेलाडी घोषित भएको यो पहिलो अवसर हो ।
बिहीबार भर्चुुअल्ली आयोजना गरिएको अवार्ड समारोहमा फिफा अध्यक्ष गियानी इन्फान्टिनोले पोल्यान्डका लेवान्डोस्कीलाई अवार्ड हस्तान्तरण गरे । वर्ष खेलाडीको प्रतिस्पर्धामा रोनाल्डो दोस्रो र मेसी तेस्रो भए । ‘म धेरै खुसी र गर्वित छु । यो अवार्ड मेरा सहकर्मी साथीहरु, प्रशिक्षक र बार्यन म्युनिखका लागि हो । जब तपाईले अवार्ड जित्नुहुन्छ र रोनाल्डो तथा मेसीसँग उपाधि शेयर गर्नहुुन्छ भने त्यो अविश्वसनीय हो र मेरा लागि यो निकै ठूलो कुरा हो,’ लेवान्डोस्कीले भने ।

महिलातर्फ इङल्यान्डकी लुुसी ब्रोन्जले यो अवार्ड जितिन् । उनी म्यानचेस्टर सिटीबाट व्यवसाहिक फुटबल खेल्छिन् । त्यसैगरी बार्यन म्युनिखका गोलकिपर म्यानुुयल निउरले वर्षको उत्कृष्ट गोलकिपरको अवार्ड जिते । वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड इंलिस क्लब लिभरपुलका योर्गान क्लोपले प्राप्त गरे । उनले लिभरपुललाई १९९० पछि पहिलोपटक लिग उपाधि जिताएका थिए । प्रिमियर लिग युुगमा लिभरपुलले जितेको यो पहिलो उपाधि हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!