हिपमत डटकम

शुक्रबार, पौष ०३, २०७७ || 796  पटक पढिएको

टाइगर श्राफलाई लिएर हिरोपन्ती २ बन्ने घोषणा भइसकेको छ । अभिनेत्रीको रुपमा तारा सुतारियाको नाम आइसकेको छ । तर तारा भन्दा अगाडी यस फिल्मको लागि सारा अलि खान छानिएकी थिइन् । हाल भने साराले यस अवसरको मौका गुमाएकी छिन् ।

फिल्मसँग जोडिएको एक सुत्रको अनुसार सारा अलि खानले कम समयमानै आफ्नो पहिचान बनाएकी हुन् । यसकारण हिरोपन्ती २ का निर्माताले सारालाई लिने निर्णय गरेका थिए । सारा र टाइगर पहिलो पटक एकै फिल्ममा काम गर्ने थिए । सारासँगको कुराकानीको क्रम अन्तिममा पुगेको थियो ।

सुत्रको अनुसार, यसबिचमा सुशान्त सिंह राजपुतको केसको विषयमा लागुऔषध प्रकरणमा साराको नाम मुछिएपछि विवाद भयो र तारालाई लिने कुरा भएको थियो । हाल साराले लागुऔषध प्रकरणमा सफाई पाइसकेकी छिन् । यद्यपि फिल्म भने उनको हातबाट चुकिसकेको छ ।

हिरोपन्ती २ को शुर्टिङ युएईमा सुरु हुँदैछ । यसमा टाइगर र ताराले रोमान्स गर्नेछन् । साराको कुली नं १ पनि अमेजन प्राइम भिडियोमा २५ डिसेम्बरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!