हिपमत डटकम

शुक्रबार, पौष ०३, २०७७ || 695  पटक पढिएको

अर्जेन्टिनाको एक अदालतले दिवंगत फुटबल खेलाडी डिएगो म्याराडोनाको शव जोगाउनुपर्ने बताएको छ । अदालतले म्याराडोनाको डिएनए स्याम्पलको आवश्यकता पर्न सक्ने भन्दै उनको शवलाई सुरक्षित राख्न आदेश दिएको हो ।

अघिल्लो महिना फुटबलका चर्चित खिलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।

२५ वर्षकी मगाली गल नामकी एक युवतीले म्याराडोनाविरुद्ध अदालतको ढोका ढक्ढकाएकी छिन् । उनले म्याराडोना आफ्ना पिता हुनसक्ने दाबी गरेकी छिन् । यसै मामिलामा अदालतले म्याराडोनाको डिएनए स्याम्पल निकाल्नुपर्ने बताएको हो ।

विवाहमार्फत् म्याराडोनाका दुई छोरी छन् तर सम्बन्धविच्छेदपछि उनले थप ६ सन्तानको पिता भएको स्विकार गरेका थिए । तर गल ती ६ सन्तानमा पनि पर्दिनन् ।

गिललाई धर्मपुत्रीको रुपमा पालिएको छ । उनका अनुसार उनलाई जन्मदिने आमाले दुई वर्षअघि सम्पर्क गरेको र कुराकानीमा उनी डियागो म्याराडोनाकी सन्तान भएको हुनसक्ने बताएकी थिइन् ।

उनले इन्स्टाग्राम भिडियोमा भनिन्, ‘डियागो म्याराडोना मेरा जैविक पिता हुन् कि होइनन् भनेर थाहा पाउने मेरो नैसर्गिक अधिकार हो ।’

उनको मृत्युपछि उनको शव २५ नोभेम्बरमा एक नीजि चिहानमा उनको आमाबुवाको समाधिस्थल नजिकै उनको अन्त्येष्टि गरिएको थियो । यद्यपि, नोभेम्बर ३० मा फोरेन्सिक परीक्षणका लागि आवश्यक सबै प्रक्रिया पूरा नहुञ्जेल उनको शवलाई गाड्न प्रतिबन्ध लगाएको थियो ।

बुधबारको निर्णयले यो प्रतिबन्धलाई पुनः बढाएको छ ।

म्याराडोनाका वकिलले रोयटर्ससँगको कुराकानीमा दिग्गज फुटबलरको डिएनए स्याम्पल पहिले नै उपलब्ध भएकोले उनको शवलाई पुनः निकाल्न आवश्यक नभएको बताएका छन् ।

म्याराडोनाका परिचित सन्तानले उनको सम्पत्तिका लागि अदालत धाउन थालेका छन् भने कोहीले पहिचानका लागि अदालको ढोका ढक्ढकाएका छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!