हिपमत डटकम

शुक्रबार, पौष ०३, २०७७ || 2021  पटक पढिएको

बलिउडकी चर्चित गायिका नेहा कक्कर गर्भवती भएको खबर सार्वजनिक भएको छ । करिब दुई महिना अघि अक्टोबर २४ मा विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएकी छिन् ।

नेहाको यो पोस्टमा थुप्रैले बधाई तथा शुभकामना दिएका छन् ।

नेहाका श्रीमान् रोहनप्रितले नेहाको फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु ।’

नेहा र रोहनप्रित आफूहरुको पहिलो नजरमा नै प्रेम बसेको बताउने गर्छन् । हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा नेहाले आफू रोहनप्रितको आकर्षक व्यक्तित्व र सभ्य व्यवहारले आकर्षित भएको बताएकी छिन् । नेहा रोहनप्रितभन्दा सात वर्ष जेठी छिन् तर यी दुईको बीचमा उमेरले केही फरक पारेन । नेहाले रोहप्रितबाट धेरै कुरा सिक्नुपर्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!