हिपमत डटकम

बिहिबार, पौष ०२, २०७७ || 575  पटक पढिएको

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको शुक्रबार जानकारी दिएको । मुख्य प्रशिक्षकका लागि उनीसहित १० जनाले आवेदन दिएका थिए ।
श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेटर हुन् भने उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो।

उनको तलब मासिक १० हजार डलर आसपास हुने क्यान स्रोतले बताएको छ ।
यस्तै उनले आगामी जनवरीदेखि नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।

यसैगरी क्यानले पूर्वकप्तान विनोद दासलाई क्रिकेट म्यानेजर, रौनकबहादुर मल्ललाई महाप्रबन्धक र रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतका रुपमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!