हिपमत डटकम

बिहिबार, पौष ०२, २०७७ || 814  पटक पढिएको

रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आउँदो माघबाट प्रसारणमा आउने भएको छ । स्ट्याण्ड–अप कमेडीमा आधारित यो रियालिटी शोका निर्देशक विशाल भण्डारी रहेका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शोको अहिले अडिसन चरणको छायाँंकन सुरु भएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागि ६ हजार भन्दा बढी सहभागीले अनलाइनमार्फत डिजिटल अडिसन दिएको निर्देशक भण्डारीले जानकारी दिए ।

डिजिटल अडिसनका लागि प्राप्त भिडियाको प्रारम्भिक मूल्यांकनपछि १ सय ८० जना प्रतिस्पर्धीहरुलाई सामाजिक दुरी पालना गर्दै भौतिक अडिसनका लागि बोलाइएको छ ।
पुस १ गते बुधवारदेखि सुरु भएको अडिसन शनिवारसम्म चल्नेछ ।

अघिल्लो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई तथा ऋचा शर्मा नै यो सिजनमा पनि निर्णायकको रुपमा रहेका छन् ।
केकी अधिकारी निर्माता रहेको यो कार्यक्रम रीमा विश्वकर्मा होस्ट रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!