पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा टेन नवोदय बिजयी भएको छ ।
खेलको १६ औँ मिनेटमा टेन नवोदयका जर्सि नं. १० का खेलाडी घनश्याम चौहानले गरेको गोल नै निर्णयक बन्यो ।

कर्नर पासबाट आएको गोल रोक्न खोज्दा गोल रक्षक चेतन खतिवडाको हातबाट फुस्किएपछि चौहानले उत्कृष्ट गोल गर्न सफल भएका हुन् । यसपछि पनि घनश्यामले पटक पटक पाएका सुनौला अवसरलाई गोलको दिसा दिन नसक्दा थप गोल गर्न नसकेपछि टेन नवोदयले १–० मै चित्त बुझायो ।

टेन नावेदयका सनम मुडियारीले गरेको प्रहारले जाली चुम्न सकेन । वाइ.जी.एफ.टी.का निमोन लिम्बूको उत्कृष्ट फ्रिकिकले जाली चुम्न सकेन । निमोनसंगै सुमन राई लगायतको निरन्तरको प्रहार बिफल भएपछि आइ.जि.एफ.टी.ले टेन नवोदयलाई अंक सुम्पन बाध्य भयो । आजको खेलमा जित हांसिल गरेपछि टेन नवोदयले ६ अंक बनाएको छ ।
प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।
बिहिबारको दोस्रो चरणको खेल देवीगञ्ज एफसी र दि रियल ब्रोदर एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!