हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 755  पटक पढिएको

बलिउड कलाकार सैफ अलि खान आउदै गरेको फिल्म ‘आदिपुरष’ मा पौराणिक चरित्र रावणलाई लिएर उनले गरेको टिप्पणीले सामाजिक सञ्जालमा हलचल मच्चिएको थियो । त्यस विषयमा सैफले माफि मागेर मानिसहरुको रिस शान्त बनाएका थिए । तर, फेरी उनीमाथि युपीका एक वकिलले मुद्दा दायर गरेका छन् । सैफ र निर्देशक ओम राउतमाथि वकिलले अदालतमा मुद्दा दायर गरेका हुन् । उनीहरुले सैफले धार्मिक भावनामा चोट पु¥याएको बताएका छन् । उनको नाममा मुद्दा दायर गरेपछि मानिसहरुले फेरी आक्रोश पोखिरहेका छन् । सैफलाई सामाजिक सञ्जालमा केहीले त सिकार समेत बनाएका छन् ।

सैफ अलि खानले भनेका थिए, ‘एक बयानमा फिल्ममा रावण मानवीय पक्ष देखाइनेछ ।’ त्यसपछि मानिसहरु आक्रोसित भएका थिए । उनले माफि मागेर शान्त बनाएका थिए । युपीको जौनपुर जिल्लामा वकील हिमांशु श्रीवास्तवद्धारा मुद्दा दायर भएपछि मानिसहरु पुन आक्रोसित भएका छन् । मुद्दाको सुनुवार्ए अदालतमा २३ डिसेम्बरमा हुनेछ ।

मुद्दा दायर गर्ने वकिलले सैफले बयान अनुसार रामसँग रावणले युद्ध गर्न जायज थियो किनकी लक्ष्मणले उनकी बहिनीको नाक काटिदिएका थिए । सीताको अपहरण गरेर रावणले ठिक गरेका थिए भनेर भ्रम फैलन सक्छ र भ्रम फैलन नदिनलाई आफुले मुद्दा दायर गरेको बताएका छन् । उनले सैफ अलिको यस्तो बयानले सनातन धर्मप्रति मानिसहरुको आस्थामा ठेस पुग्ने बताए ।

फिल्म ‘आदिपुरुष’ महाकाव्य रामायणको एक अनस्क्रिन रुपान्तरण हो जसमा बाहुबलीका कलाकार प्रभास भगवान रामको भुमिकामा र सैफ लंकेशको रुपमा देखिदैछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!