हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 914  पटक पढिएको

अभिनेत्री सारा अली खानले आनन्द एल रायको फिल्म ‘अतरंगी रे’ को सुटिङ फेरि सुरु गरेकी छन् । साराले गत वर्ष साइन गरेको यो फिल्मको सुटिङ कोरोना महामारीका कारण रोकिएको थियो । हालै एक अन्तर्वार्तामा उनले छायाँकन अनुभव शेयर गर्दै यो समय फिल्मको छायाँकन मुस्किल विषय भएको समेत बताएकी छन् । उनले लामो समयपछि सुटिङ सेटमा फर्किदा राहत महसुस भएको समेत सुनाएकी छन् ।

‘सामाजिक दुरी कायम राख्नु, माक्स लगाउनु र सुरक्षाको मापदण्ड पालना गर्नुले काम गर्ने तरिकालाई नै फेरिदिएको छ । तर कामको विषयमा आफ्नो मिहिनेत उहि छ’ साराले भनिन् । सारा यस फिल्ममार्फत पहिलोपटक अक्षयकुमार र धनुषसँगै पर्दामा देखिँदैछिन् । फिल्मको पहिलो चरणको सुटिङ वाराणसीबाट सुरु गरिएको हो ।

गत मार्चमा कोरोनाको कारण लगाइएको लकडाउनले सुटिङ रोकिएको थियो । त्यसपछि निर्माण युनिटले अक्टुवरमा चेन्नईमा फिल्मको सुटिङ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!