
कमेडी शो ‘द कपिल शर्मा’ मा यो हप्ता कोरियोग्राफर गणेश आचार्य, टेरेन्स लुईस र गीता कपुर पाहुना बनेर आउँदै छन् । सोसल मिडियामा यो एपिसोडको एउटा प्रोमो भिडियो सेयर गरिएको छ । जसमा सबैले मस्ती गरिरहेको देख्न सकिन्छ ।

कपिलले कार्यक्रमको सुरुवात गर्दै गणेश आचार्यलाई पहिलो प्रश्न सोधे, ‘मास्टर जी, तपाईंले कति तौल घटाउनुभयो ? ’ गणेशले यसको जवाफ दिँदै भने, ‘९८ किलो ।’ यसमा कपिल शर्मा ठट्टा गर्दै भन्छन्, ‘सानो शहरमा एक व्यक्तिको तौल ४५–४६ हुन्छ, तपाईंले त दुई व्यक्तिलाई गायब गरिदिनुभयो त ।’
https://www.instagram.com/p/CIz2CvQHNf0/
कपिल शर्माले गिता कपुरसँग पनि मज्जाले फ्लर्ट गरिरहेको देख्न सकिन्छ ।