हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 1450  पटक पढिएको

बुढेसकाल कसैले रोकेर रोक्न सक्ने कुरा होइन । यद्यपि, विज्ञानलाई विश्वास गर्ने हो भने पढ्नु, व्यायाम गर्नु र स्वस्थ खानेकुरा खानेलगायतका बानी बसाल्दा तपाईंले जीवनका केही वर्ष बढाउन सक्नुहुन्छ । एक स्वस्थ शरीरका लागि यो सबै कुराको आवश्यकता पर्छ तर अब यो सूचीमा अनुसन्धानकर्ताले अर्को एउटा कुरा पनि समावेश गरिदिएका छन्, र त्यो हो सेक्स अर्थात् सम्भोग ।

अनुसन्धानकर्ताका अनुसार सेक्स गर्दा थुप्रै गम्भीर रोगको खतरा कम हुन्छ । यसले शरीरलाई सन्तुष्ट दिनुका साथै मुड पनि राम्रो बनाउँछ, प्रतिरोधी क्षमता बलियो बनाउँछ, रक्तचापलाई नियन्त्रणमा राख्छ र मुटुरोगबाट पनि जोगाउँछ । जसका कारण मानिसहरुको आयु बढ्ने गर्छ ।

न्यू इंगल्याण्ड रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ताले सेक्स र मुटुरोगलाई जोड्दै एक अनुसन्धान गरेको छ । यो शोध ६५ वर्षभन्दा कम उमेरका ११ सय २० पुरुष र महिलामा गरिएको हो । यो शोधको नतिजा २२ वर्ष पछि आएको छ । यो अनुसन्धानमा दैनिक यौन सम्बन्ध स्थापित गर्नेहरुमा मुटुरोगको खतरा निकै कम हुने दाबी गरिएको छ ।

शोधमा बताइए अनुसार हृदयघात भइहाले पनि सक्रिय यौन जीवनमा रहनेहरुको बच्ने सम्भावना बढी हुन्छ । शोधमा पत्ता लागे अनुसार जो व्यक्तिले हप्तामा एक पटकभन्दा बढी सेक्स गरेका थिए, हृदयघातपछि उनीहरु मर्ने सम्भावना २७ प्रतिशतसम्म कम थियो । कहिलेकाँही यौन सम्बन्ध स्थापित गर्नेहरुमा यो सम्भावना ८ प्रतिशतसम्म मात्रै थियो ।

यद्यपि, यौन सम्बन्ध स्थापित गर्दा तपाईंको पार्टनरसँग कस्तो लगाव छ भन्ने कुरा पनि महत्वपूर्ण भएको अनुसन्धानले बताएको छ ।

शोधका अनुसार हप्तामा एकपटक सम्भोग गर्दा लामो उमेरको सम्भावना ३७ प्रतिशतसम्म बढ्ने गर्छ । सम्भोगलाई लामो उमेरसँग जोडिएको यो पहिलो अनुसन्धान भने होइन । केही वर्ष अघि अमेरिकन जर्नल अफ कार्डियोलोजीमा पनि यस्तै एक अनुसन्धान छापिएको थियो ।

अमेरिकन जर्नल अफ कार्डियोलोजीमा छापिएको एक अनुसन्धानमा बताइए अनुसार जो पुरुष कम सेक्स गर्छन्, उनीहरुमा मुटुरोगको खतरा बढ्नुका साथै इरेक्टाइल डिसफंक्सनको समस्या पनि बढ्ने गर्छ ।

यो शोधमा बताइए अनुसार जो पुरुष यौन रुपमा सक्रिउ हुन्छन् उनीहरु शारीरिक परिश्रम पर्ने काम गर्न सक्रिय हुन्छन् जसका कारण उनीहरु स्वस्थ पनि रहन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!