हिपमत डटकम

मंगलबार, मंसिर ३०, २०७७ || 1032  पटक पढिएको

कोरोनाको कारण बन्द भएको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । सरकारले फिल्म क्षेत्र खोल्ने निर्णय नगरेपनि चलचित्र प्रदर्शकहरुको छाता संगठन नेपाल चलचित्र संघले भने पुस १० गतेबाट चलचित्र हल सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तैमा सरकारले फिल्म छायाँकनका लागि भने अब खुल्ला गर्ने भएको छ । सरकारले आउँदो पत्रकार सम्मेलनमा फिल्म छायाँकन खुल्ला भएको घोषणा गर्ने तयारी गरेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फ कार्यसमिति सदस्य आकाश अधिकारी बताए ।

फिल्म क्षेत्र खोल्ने विषयमा हालै उपप्रधानमन्त्री एवम् सिसिएमसीका संयोजक ईश्वर पोखरेल र सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङसँगको भेट गरेका अधिकारीले भेटमा फिल्म छायाँकन खोल्ने जानकारी दिएको बताए । अधिकारीले भेटका तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै सरकारले फिल्म छायाँकन खोल्न लागेको र चलचित्र हल खोल्ने बिषयमा सरोकारवाला संघ–संस्थासँग छलफल गरेर खोल्ने जानकारी प्राप्त भएको बताएका छन् ।

१० महिनादेखि ठप्प रहेको फिल्म क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सूचिकृत गर्ने पनि उपप्रधान र सञ्चारमन्त्रीले आश्वासन दिएको उनले स्टाटसमा उल्लेख गरेका छन् । भेटमा अधिकारीका साथ अभिनेता शिव श्रेष्ठ पनि उपस्थित थिए । सरकारले फिल्म छायाँकनका लागि आधिकारिक रुपमा अनुमति दिने तयारी गरेपनि विगत केही महिनायता केही निर्माता निर्देशक भने सरकारको निर्णय अवज्ञा गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फिल्मको छायाँकन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!