फिल्म अभिनेता ऋतिक रोशनको एक मामिला साइबर सेलको क्राइम ब्रान्च इन्टेलिजेन्स युनिटमा ट्रान्सफर भएको छ । अपराध शाखा र मुम्बई पुलिस संयुक्त आयुक्तले यसको आदेश जारी गरेको हो । आदेशका अनुसार ऋतिक रोशनले एफआईआरमाथिको अनुसन्धान साइबर सेलको अपराध शाखाको क्राइम इन्टेलिजेन्स युनिट (सीआईयू) मा ट्रान्सफर गरिएको छ ।

ऋतिक रोशनले सन् २०१३ देखि २०१४ बीच सयवटा इमेल पाएका थिए । यी इमेल फिल्म अभिनेत्री कंगना रनौतको मेल आइडीबाट पठाइएको बताइन्छ । यसका लागि ऋतिक रोशनले सन् २०१७ मा साइबर सेलमा ऊजुरी दर्ता गरेका थिए । त्यतिबेला कंगनाले उनको इमेल आईडी ह्याक भएको र उनले ऋतिक रोशनलाई कहिले पनि मेल नपठाएको दाबी गरेकी थिइन् ।

कहिलेसम्म रुन्छस् ऋतिकः कंगना रनौत

यसमा कंगना रनौतले पनि प्रतिक्रिया दिएकी छिन् ।

कंगनाले ट्वीट गरेकी छिन्, ‘यसको कहानी पुनः सुरु भयो । हाम्रो ब्रेकअप र यसको डिभोर्स भएको कति वर्ष बितिसकेको छ, तर ऊ अघि बढ्न अस्विकार गरिरहेको छ । कुनै पनि महिलालाई डेट गर्न अस्विकार गर्छ । म जतिबेला आफ्नो नीजि जीवनमा केही आशा पाउने साहस जुटाउँछु तब यसले पुनः नाटक सुरु गरिहाल्छ । ऋतिक रोशन कहिलेसम्म रुन्छस्, एउटा सानो अफेयरका लागि ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!