हिपमत डटकम

मंगलबार, मंसिर ३०, २०७७ || 683  पटक पढिएको

बलिउड अभिनेता वरुण धवन कोरोनाद्वारा संक्रमित भएपछि आफ्नो घरमा आइसोलेशनमा छन् । आइसोलेशनमा बसिरहेका उनले सोमबार आफ्नो प्रशंसकलाई उनको बुढ्यौली तस्बिर देखाएका छन् ।

वरुणले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा तस्बिर साझा गरेका छन्, जसमा उनले आफ्नो युवावस्था, हालको अवस्था र भविष्यमा कस्तो देखिनेछन् भनेर देखाएका छन् ।

तीनवटा फोटोको यो कोलाजलाई वरुण धवनले सेयर गरेर क्याप्सनमा लेखेका छन्, ‘जीवन आइसोलेशनमा छ । मलाई ढल्केको उमेरमा हेर्न चाहनुहुन्छ भने दायाँपट्टी स्वाइप गर्नुहोस् । ’

अभिनेताले हालै आफूमा कोरोनाको संक्रमण देखिएकोले आइसोलेशनमा रहेको जानकारी दिएका थिए । उनी फिल्म ‘जुग जुग जियो’ को सुटिङका बेला चन्डीगढमा कोरोना संक्रमित भएका थिए ।

https://www.instagram.com/p/CIxDK6kBlDr/

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!