बलिउडका चर्चित कोरियाग्राफर तथा निर्देशक रेमो डिसुजा अचानक बिरामी भएपछि सबैजना अचम्ममा परेका छन् । देशभरीका कलाकार तथा प्रशंसकले लगातार सोसल मिडियामा उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
हालै उनको मुटुको शल्यक्रिया भएको छ । यतिबेला उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । हालै रेमा डिसुजाकी श्रीमतीले एउटा यस्तो भिडियो सेयर गरेकी छिन् जसले धेरैलाई खुसी तुल्याएको छ ।

रेमो बिरामी भएदेखि अस्पतालबाट लगातार उनकी श्रीमती लिजेलले उनको स्वास्थ्यबारे जानकार िदिइरहेकी छिन् । अब लिजेलले एउटा भिडियो सेयर गरेर रेमोको शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् ।
https://www.instagram.com/p/CIxJy-Xl92w/
यो भिडियोमार्फत् उनका श्रीमान् रेमोको स्थिती पहिलेको भन्दा निकै राम्रो भएको उनले जानकारी दिएकी छिन् । अस्पतालबाट जारी गरिएको भिडियोमा रेमो डिसूजा आफ्नो खुट्टालाई सङ्गीतको तालमा नचाइरहेका छन् । भिडियो सेयर गर्दै लिजेलले लेखेकी छिन्, ‘खुट्टाले नाच्नु एउटा कुरा हो र मनले नाच्नु अर्को कुरा । रेमो डिसुजा…तपाईंहरु सबैको प्रार्थना र आशीर्वादका लागि ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!