बिहिबार, माघ ०९, २०७६ || 862  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,माघ ०९ ;बलात्कार आरोपी सिद्धबाबा कृष्णबहादुर गिरी भारत भागेका छन् । उच्च अदालत विराटनगरमा आफू विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाई चलिरहेका बेला गिरी बिहिबार दिउँसो भारततर्फ लागेका हुन् सिद्धबाबा आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर भारततिर गएका हुन् । सरकारले उपलब्ध गराएको निजी सुरक्षा गार्डलाई भने नेपाल-भारत सीमा क्षेत्रबाटै फिर्ता पठाइदिएका छन् उनको सुरक्षामा नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई खटाइएको थियो । सिद्वबाबाले जानकारी नगराइँ जादा सुरक्षामा खटिएका हवल्दार साह भने अन्योलमा परेका छन् । अदालत नपुगिकन सिधै आश्रमबाट जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पारेका हुन् । जतिबेला उनी विरुद्धको मुद्दाको सुनुवाई अदालतमा जारी थियो। मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई बिहीबार जारी रहेका बेला उनी भारत जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सुनुवाईपछि आउने अदालतको आदेशको पर्खाइमा उनी रहेको स्रोतको दाबी छ । आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर लागेको बताइएको छ । आफ्नो पक्षमा आदेश आएमा नेपाल फर्किने र विपक्षमा आएमा भारततिरै रहने हिसाबको तयारी सिद्धबाबाले गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!