हिपमत डटकम

आइतबार, मंसिर २८, २०७७ || 991  पटक पढिएको

बलिउडको चर्चित कलाकार टाइगर श्राफ सामाजिक सञ्जालमा धेरै सक्रिय रहन्छन् । जहाँ उनले आफ्नो फ्यानसँग आफ्नो जिन्दगीसँग जोडिएका सेयर गर्दै आएका छन् । उनका फिमेल फ्यान फलोअर्स धेरै छन् ।

भर्खरै मात्र टाइगरले आफ्नो फ्यानहरुको लागि ‘आक्स मि एनीथिंग’ सेयर गरेका थिए । टाइगरले आफुलाई केही सोध्न भनेपछि एक महिला फ्यानले विवाहको लागि प्रस्ताव पनि राखेकी छिन् । यो प्रश्नको जवाफ टाइगरेले सबैको मन बुझ्ने गरिदिएका छन् ।

एक फ्यानले टाइगरलाई लेखेकी छिन्, ‘मसँग विवाह गर्न युके आउनुहोस् ।’ यो प्रस्तावमा धेरै मायालु पाराले उनले लेखेका छन्, ‘शायद केही वर्षपछि, तिम्रो साहारा बन्न पाउ त्यति बेलासम्म केही पढ्नु र कमाउनु छ ।’ टाइगरको यस जवाफ सुनेर उनका फ्यानहरुपनि खुशी हुँदै तारिफ गरेका छन् ।

अभिनेताले यस सेशनमा मानिसहरुसँग क्रस सवाल र मन पर्ने फिल्मको बारेमा पनि सोधेका थिए । टाइगरले साउथ सुपरस्टार अल्लु अर्जुन आफ्नो मन पर्ने कलाकार भएको र उनले जस्तै डान्स गर्न चाहेको बताएका थिए । टाइगरले इतिहासको शिक्षकसँग पहिलो पटक प्रभावित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!