हिपमत डटकम

शनिबार, मंसिर २७, २०७७ || 933  पटक पढिएको

‘द बेस्ट फिफा मेन्स प्लेयर’ अवार्डका लागि युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, बार्सिलोनाको फरवार्ड लियोनेल मेस्सी र बायर्न म्युनिखका हिटम्यान रोबर्ट लेवान्डोस्की फाइनलिस्ट छानिएको फिफाले घोषणा गरेको छ ।

गत नोभेम्बर २५ मा ११ जना खेलाडीको सूची सार्वजनिक गरिएको थियो । तर, केभिड डि ब्रुयना, साडियो माने, किलियान एम्बाप्पे, नेयमार, सर्जियो रामोश, मोहम्मद शलाह, थियागो अल्कान्ट्रा र भर्जिल भान डायिकले अन्तिम ३ मा स्थान बनाउन सकेनन् ।

रियल म्याड्रिडलाई लगातार दुई च्याम्पियन्स लिगको उपाधि दिलाए पछि रोनाल्डोले सन् २०१६ र १७ मा यो उपाधि दिएका थिए । अहिले भने उनी इटालीमा युभेन्टससँग आबद्ध रहेका छन् । मेस्सी यो उपाधिको पछिल्लो विजेता हुन् । तर, गत सिजन उनका लागि निराश रह्यो ।

यो सिजन लेवान्डोस्कीले यो उपाधि जित्ने अपेक्षा गरिएको छ । गत सिजन गोलको वर्षा गर्दै बार्यनलाई उनले लिग तथा च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले यसअघि आफू उपाधि जित्न आशावादी रहेको बताएका थिए ।

यसको विजेता डिसेम्बर १७ मा घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!