हिपमत डटकम

शुक्रबार, मंसिर २६, २०७७ || 626  पटक पढिएको

नेपाली राष्ट्रिय फुटबल पुरुष तथा महिला खेलाडीले अबदेखि समान पारिश्रमिक पाउने भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।

एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीको पारिश्रमिकमा समेत वृद्धि गरेको छ । पुरुष तथा महिला खेलाडीले जनही मासिक रु १८ हजार पारिश्रमिक पाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

लामो समयदेखि खेलाडीको पारिश्रमिकमा वृद्धि हुन सकेको थिएन । पुरुष तथा महिला खेलाडीले पारिश्रमिक वृद्धिको माग गर्दै आएका थिए ।

पुरुषको तुलनामा महिलाको पारिश्रमिक आधाभन्दा कम भएका कारण त्यसको विरोध हुँदै आएको थियो ।

यसअघि पुरुष खेलाडीले मासिक जनही रु १५ हजार तथा महिला खेलाडीले जनही रु सात पारिश्रमिक पाउने गरेका थिए ।

पहिलो पटक पुरुष र महिला फुटबल खेलाडीले समान पारिश्रमिक पाउन लागेको प्रवक्ता राइले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!