हिपमत डटकम

शुक्रबार, मंसिर २६, २०७७ || 737  पटक पढिएको

काठमाडौँ महागरपालिका–२३ झोंछेका सुरेश शाक्य गैंडाको खाग किन्ने ग्राहक खोज्दै हिँडेका थिए । केहीदिनको प्रयासपछि ग्राहक भेटे । १२ लाखमा किनबेच गर्ने सहमति पनि भयो ।

‘गैंडाका खाग कहाँ छ ?’ किन्नेले सोधे । सुरेशले भने, ‘स्वयंभु आउनुस त्यहिँ ल्याउँला ।’ नुवाकोट घर भएकी स्वयम्भु डेरा गरेर बस्ने मुना तामाङको डेरामा बेच्ने र किन्ने मानिस जुटे ।

बेच्नेले खाग देखाए । किन्नेले पैसा देखाए, अनि खागसहित त्यहाँ पुगेका सबैलाई हत्कडी लगाए । बिहीबार साँझ ग्राहकको भेषमा मुनाको डेरामा पुगेका उनीहरु प्रहरी थिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुरेश र मुनासहित गैंडाको खागको कारोबार गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झोंछेका रिकेश शाक्य, अनिल श्रेष्ठ र नुवाकोटका २६ वर्षीय रामसिंह तामाङ छन् ।

सो समूहले नुवाकोटबाट गैंडाको खाग ल्याएको अनुसन्धानबाट खुलेको अपराध महाशाखाका एसपी प्रकाश रानाभाटले रातोपाटीलाई बताए । रानाभाटले भने, ‘आवश्यक अनुसन्धानका लागि हामीले आरोपीहरुलाई जिल्ला वन कार्यालय काठमाडौँमा पठाएका छौं ।’

गैंडाको खाग लुकाएर राख्ने मुना र सुरेश श्रीमान–श्रीमती हुन् । तर, अहिले उनीहरुको सम्बन्ध विच्छेद भैसकेको बताइएको छ । यद्यपी, ति दम्पती खाग कारोबारमा भने सँगै फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!