हिपमत डटकम

शुक्रबार, मंसिर २६, २०७७ || 685  पटक पढिएको

क्रिष्ट्रियानो रोनाल्डोकी बहिनी इल्मा अभिइरोले लियोनल मेसीले रोनाल्डोको प्रार्थना गर्दै गरेको पोस्टर आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । मेसीको बार्सिलोना र रोनाल्डोको युभेन्टस्बीच मंगलबार च्याम्पियन्स लिगमा प्रतिस्पर्धा भएको थियो, जहाँ युभेन्टस् ३–० ले विजयी भयो ।

रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गरेका थिए । खेलपछि रोनाल्डोले आफुले मेसीलाई कहिल्यै प्रतिद्वन्द्वी नठानेको दाबी गरेका थिए । यद्यपि, उनकी बहिनीले दाजुको प्रसंशा गर्ने क्रममा स्पष्टैसँग उनलाई मेसीको प्रतिद्वन्द्वीका रुपमा खडा गरेकी छिन् । ‘मेरो राजा । अहिलेसम्मकै सर्वोत्कृष्ट,’ उनले लेखेकी छिन् ।

रोनाल्डोले रियल म्याड्रिडका खेल्दा दुई खेलाडीबीचको प्रतिद्वन्द्वीता उत्कर्षमा थियो । एक दशकभन्दा लामो समयदेखि उनीहरुले फुटबल खेलमा आफ्नो दबदबा कायम गरेका छन् । मेसीले ६ पटक र रोनाल्डोले ५ पटक बेलोन डि अर जितेका छन् ।

यद्यपि, च्याम्पियन्स लिगमा मेसीभन्दा रोनाल्डोको उपलब्धि धेरै छ । उनले अहिलेसम्म पाँचपटक च्याम्पियन्स लिग जितेका छन् । रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एकपटक र रियल म्याड्रिडबाट चारपटक च्याम्पियन्स लिग जितेका हुन् । यता, मेसीले बार्सिलोनाबाट चारपटक च्याम्पियन्स लिग जितेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा पनि मेसीभन्दा रोनाल्डो सफल छन् । रोनाल्डोले २०१६ मा पोर्चुगललाई युरो कप जिताएका थिए । तर, दुईपटक कोपा अमेरिकाको फाइनल र एकपटक विश्वकपको फाइनल खेलेका मेसीले अहिलेसम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई कुनै उपाधि भने जिताउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!