हिपमत डटकम

बिहिबार, मंसिर २५, २०७७ || 968  पटक पढिएको

पसलमा ढुङ्गा हानेर मोबाइल पसल सञ्चालकलाई घाइते बनाएको आरोपमा हिरासतमा रहेका घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख एक हप्ता नबित्दै जरिवाना तिरेर छुटेका छन् ।

उनलाई प्रहरीले मंसिर १८ गते राति पक्राउ गरेर नियन्त्रणमा लिएको थियो । पसलमा ढुंगा हानेको आरोपमा प्रहरीले नगर प्रहरी प्रमुख रूद्रप्रसाद पन्थीलाई पक्राउ गरेर ब्यबसायीको चौतर्फि दबाबपछि मुद्दा चलाएको थियो ।

जिल्ला प्रशासन कार्यालय दाङले ४ हजार जरिवाना गर्ने फैसला सुनाएपछि सो अनुसारको जरिवाना रकम तिरेर पन्थि छुटेको जिल्ला प्रहरि कार्यालय दाङले जनाएको छ । प्रजिअ जयनारायण आचार्यको इजलाशले पन्थिले जरिवाना गर्ने आदेश गरेका थिए ।

प्रहरिले दबाबमा परेर हप्ता दिन नबित्दै मुद्धा छिटोरुपमा टुङ्ग्याउन प्रशासनमा पठाएको थियो । प्रहरिले कहिलेकाहीँ सामान्य मुद्दामा २५ दिन सम्म अनुसन्धानका नाममा अभियुक्तलाई राख्ने र पहुँच र दबाबमा आएमा एक हप्तामै मुद्दाको अनुसन्धान टुङ्ग्याएर प्रशासन पठाउदा दाङ प्रहरि आलोचित हुँदै आएको छ ।

जिल्ला प्रहरि प्रमुख एसपि गणेश चन्दले गलत गर्नेलाई प्रहरिले मुद्दा दर्ता गरेर कारबाही गरेको बताए । चन्दले प्रहरिले अभियुक्तसहित मुद्दा जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि छुटेको र प्रहरिले कारबाही नै गरेको बताए ।

मादक पदार्थ सेवन गरी पसलमा ढुंगा हानेपछि पन्थीलाई नियन्त्रणमा लिएको थियो । पन्थीले गएको बिहीबार बेलुकी १० बजेतिर घोराही शहिद गेट नजिकैको शर्मा मोबाइल पसलमा ढुंगा हानेका थिए ।

पन्थीले हानेको ढुंगा लागेर मोबाइल पसल सञ्चालकको टाउको र आँखामा चोट लागेको थियो ।

अत्याधिक मदिरा सेवन गरी मोबाइल पसलमा चुरोट माग्न गएको र पसलेले यहाँ चुरोट पाइँदैन भनेपछि पन्थीले ढुंगा टिपेर हानेको भन्दै पन्थीले आफू नगर प्रहरी प्रमुख रहेको आफुलाइ बताएको पिडित मोबाइल पसल सञ्चालकले प्रहरिमा जाहेरि दिएका थिए ।

‘म नगर प्रहरी प्रमुख हुँ, माथिसम्म चिनजान छ भनेर पक्राउ परेका पन्थित पिडित व्यवसायीलाई धम्किपुर्ण भाषा प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!