बनकर्मी सामाजिक अभियान्ता र प्रहरीले सुरक्षित बनमा छोडे खानेपानी छेउमा खेतमा भेटेको जंगली अजिङ्गर।

रुद्र पौडेल झापा /झापा हल्दिबारी गाउँपालिका मा रहेको जलथल खानेपानीको कार्यलय नजिक करिब साझको ४: बजे तिर हिजो एउटा जंगली अजिङ्गर फेला परेको थियो।

अन्दाजी ३०-४० केजि , करिब १२ फिट लम्बाई र २४ इन्च गोलाइ रहेको जंगली अजिङ्गरलाई जलथल प्रहरी चौकीका प्रमुख भरत कोइराला (असइ) सामाजिक अभियान्ता तथा रातमाटे सामुदायिक बन उपभोक्ता समूहका लेखा संयोजक अबिशेक खतिवडा “अबि”, फोरेस्ट एक्सन कि पब्लिक मोबिलाइजर जलथल शाखा देबिका अधिकारी लगायत को नेतृत्वमा अजिङ्गर लाई जलथल खानेपानीको कार्यलय नजिक बाट नियन्त्रणमा लिएको थियो।

बन कार्यलय झापा,सामुदायिक बन कार्यलय का पदाधिकारीहरु ,बन कर्मीहरु तथा सम्बन्धित निकायहरु मा सम्पर्क गरि बोरा मा हालेर बन सम्म प्रहरी हवल्दार धर्मेन्द्र पण्डित ,प्रहरी जवान महेश थापा र सामाजिक अभियान्ता अबिशेक खतिवडा “अबि”ले बोकेर सुरक्षित जलथल जङ्गल (पाथीभरा कालिका बन) मा छोडिएको अबि खतिवडा ले जानकारी दिनु भएको छ ।

येस्ता जंगली जिवजन्तु र वन्यजन्तुहरुको खानी जलथल जङ्गल मा हामी ले वन्यजन्तुहरु संरक्षण गर्ने हो भने पर्यटन तथा पर्यावरण मा टेवा पुग्ने बिस्वास राख्दै फोरेस्ट एक्सन कि पब्लिक मोबिलाइजर जलथल शाखा देबिका अधिकारी ले सम्पुर्णमा संरक्षण गर्न अनुरोध पनि गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!