बिहिबार, माघ ०९, २०७६ || 738  पटक पढिएको

हिपमत डटकम , विराटनगर,९ पुस ः राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं. १ को राजधानी विराटनगरमा मतदान भईरहेको छ । विराटनगरको विरेन्द्र सभागृहलाई मतदान केन्द्र तोकि बिहान १० बजेबाट मतदान सुरु भएको हो । मतदानका लागी विरेन्द्र सभागृहको प्राङ्गणमा भुँई तल्ला र माथिल्लो तल्ला गरेर दुई छुट्टाछुट्टै मतदान केन्द्र छुट्याईएको छ । सभागृहको प्राङ्गणमा रहेको भुँईतल्ला अर्थात मतदान केन्द्र (क) मा ९३ जना प्रदेश सभा सदस्यहरुका लागि मत हाल्ने व्यवस्था गरिएको छ । त्यस्तै माथिल्लो तल्ला अर्थात केन्द्र (ख) मा २ सय ७४ जना स्थानीय तहका प्रमुख तथा उप—प्रमुखहरुका लागी भोट खसाल्ने व्यवस्था गरिएको छ । साथै मतदान केन्द्रलाई व्यवस्थित बनाउन महिला पुरुषको छ्ट्टाछुटै लाइनको व्यवस्था गरिएको छ भने सुरक्षा संयन्त्र सुदृढ बनाउन २ सयभन्दा बढी प्रहरी परिचालन गरिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । त्यस्तै मतदान गर्न आउनुभएका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुले राष्ट्रिय सभाको चुनावपछि देश र प्रदेशमा आमुल परिवर्तन हुने बताउनुभएको छ । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ बाट ३ दलका ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबाट तीन तीन जनाले जिल्ला निर्वाचन कार्यालय मोरङमा मनोनयन दर्ता गराएका थिए । नेकपाको तर्फबाट प्रदेश १ मा दलिततर्फ गोपी अछामी, महिलातर्फ इन्दिरादेवी गौतम र खुल्लातर्फ देवेन्द्र दाहालले उम्मेवारी दर्ता गराएका थिए । कांग्रेसबाट महिलामा सदस्य पदका लागि धरान उपमहानगरपालिका(१ की मिना पुलामी मगर, दलित सदस्यमा फिदिम नगरपालिका १ का निरबहादुर विश्वकर्मा र खुल्लातर्फ भद्रपुर नगरपालिका ८ का राजेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै समाज पार्टी नेपालले भने दलित सदस्यमा बुढीगंगा गाँउपालिका(३ का ज्ञानकुमार परिवार, महिलातर्फ विराटनगर महानगरपालिका १६ कीसदिना खातुन र खुल्लामा विराटनगरमहानगरपालिका ४ का भरतराज दाहालले उम्मेदवारी दर्ता गराएका थिए । सोही क्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, मेयर भीम पराजुली लगायत प्रदेशका विभिन्न पालिकाहरुबाट आउनुभएका प्रमुख तथा उपप्रमुखहरुले समेत मतदान गरिसक्नुभएको छ भने शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!