मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई घाँटी काटेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव हात बाँधेको अवस्थामा भेटिएको प्रदेश–१ प्रहरी कार्यालयका डिआईजी ईश्वरबावु कार्कीले बताए ।

‘घाँटी काटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ डिआईजी कार्कीले भने– ‘घटनास्थल टाढा भएकाले प्रहरी पुग्न समय लाग्यो, थप अनुसन्धान हुँदैछ ।’ स्थानीयले शुरुमा आवाज आएको सुनेको भनेर प्रहरीलाई खबर गरे । तर, गोली चलेको पुष्टि हुन नसकेको डिआईजी कार्कीले बताएका छन् ।

शिक्षक श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको प्रहरी स्रोतको दावी छ । प्रहरी उच्च स्रोतकाअनुसार चन्दा नदिएपछि मंगलबार विहान ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । सो समूहले अहिलेसम्म घटनाको जिम्मा लिएको छैन् । पूर्व माओवादी समर्थक श्रेष्ठ सबैलाई सहयोग गर्ने स्वभावका थिए । सो क्षेत्रमा अरुलाई डर देखाउन विप्लव समूहले उनको ज्यान लिएको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!