राजन पोखरेल

मंगलबार, मंसिर २३, २०७७ || 1540  पटक पढिएको
सांकेतिक तस्बिर

मोरङको मिक्लाजुङ गाउँपालिका एकमा स्थानीय विद्यालयको प्रधानाध्यापकको अपहरणपछि हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका १ बर्खे स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि हत्या भएको हो ।

मङ्गलवार बिहान ७ बजे घरमा रहेका श्रेष्ठलाई ४ जनाको समूहले अपहरण गरेको थियो । स्थानीय स्रोतका अनुसार बर्खेको गाउँमुनिको जङ्गलमा लगेर अज्ञात समूहले हत्या भएको हो ।

श्रेष्ठको शव मिक्लाजुङ १ बर्खेको जंगलमा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ । मृतकको टाउकोमा गोली प्रहार भएको भेटिएको प्रहरीले जनाएको छ ।

बिहान सवा ६ बजेतिर ४/५ जनाको संख्यामा आएको विप्लव समूहका कार्यकर्ताले श्रेष्ठलाई घरबाट उठाएको सूचना आएको एसपी खड्काले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । ५२ वर्षीय श्रेष्ठ सरस्वती आधारभूत विद्यालयमा कार्यरत थिए । कुनै पनि समूहले अहिले सम्म सो घटनाको जिम्बेबारी लिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!