हिपमत डटकम

सोमबार, मंसिर २२, २०७७ || 1044  पटक पढिएको

अवैध रक्तचन्दन तथा पुरातात्विक मुद्रा सहित ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर बाफलबाट ३ केजी ६३ ग्राम अवैध वन पैदावर रक्तचन्दन जस्तो देखिने २ थान काठको टुक्रा र पुरातात्विक र प्राचीन जस्तो देखिने १३१८ मोरू १ लेखिएको १ थान त्रिकोण आकारको पुरानो नेपाली मुद्रा सहित ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–१७ बस्ने सिन्धुली हरिहर गडी गाउँपालिका–८ ढाँडखोला घर भएका २८ वर्षीय राज कुमार भन्ने हरि बहादुर मोक्तान, सिन्धुली पिपलमाडे गाउँपालिका–३ खुर्सानीबारी स्थायी वतन भएका ५० वर्षीय टिकराम तामाङ, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने नुवाकोट लिखु गाउँपालिका–२ थाङचिङ स्थायी वतन भएका ३१ वर्षीय प्रेम कुमार डंगोल, काठमाडौं महानगरपालिका–१५ कलंकी बस्ने झापा मेचीनगर नगरपालिका–५ धुलाबारी स्थायी वतन भएका २४ वर्षीय सोबित आचार्य, धादिङ निलकण्ठ नगरपालिका–१० घर भएका २१ वर्षीय शंकर ढाउन्याँ र काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ बस्ने धादिङ गजुरी घर भएका २७ वर्षीय सुमन बस्नेत रहेका छन् ।

ललितपुर बाफलको वडा एरियामा बन पैदावार तथा पुरातात्विक सामग्रीहरु समेतको अवैध रुपमा किनवेच तथा ओसारपसार भईरहेको सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त सामग्री सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

पक्राउमध्ये टिकाराम तामाङ, प्रेम वहादुर डंगोल, हरि वहादुर मोक्तान र सोवित आचार्यलाई वन ऐन अन्तर्गत कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाएको तथा शंकर ढाउन्याँ र सुमन वस्नेतलाई प्राचीन स्मारक ऐन बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!