हिपमत डटकम

आइतबार, मंसिर २१, २०७७ || 1093  पटक पढिएको

‘द भ्वाइस अफ नेपाल’ सिजन–३ को अडिसन सुरु भएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको यो गायन रियालटी शोको डिजिटल मार्फत शनिबारबाट अडिसन सुरु भएको हो । ‘द भ्वाइस अफ नेपाल’ को प्लेटमर्फ मार्फत् सांगीतिक करियर निर्माण गर्न चाहने प्रतिभाले अडिसनमा सहभागी हुन सक्नेछन् । १६ वर्ष उमेर पुगेका युवादेखि ४५ वर्षसम्मका प्रतिभाले भाग लिन पाउने अडिसनमा आफ्नुले गीत गाएको भिडियो पठाएर सहभागिता जनाउन सकिनेछ ।

अडिसनमा नेपाली नागरिकमात्र नभई नेपाली भाषामा गीत गाउन सक्ने नेपाली मूलका विदेशी वा विदेशी नागरिक पनि सहभागी हुन सक्नेछन् । यस्ता प्रतिभाहरु अडिसन दिन वा कार्यक्रममा सहभागिता जनाउनका लागि काठमाडौमा भौतिक रुपमै उपलब्ध हुनसक्ने हुनुपर्छ ।

द भ्वाइस अफ नेपालमा सहभागीका लागि अफिसियल एप डाउनलोड गरि फारम भर्नुपर्छ । फारम भरेपछि मोबाइल मार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । आफ्नो रेकर्ड पठाएपछि अडिसनमा सहभागिताको प्रमाण स्वरुप आवेदनकर्ताले एउटा कोड प्राप्त गर्नेछन् ।

मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा विभिन्न सामाजिक सञ्जालमा रहेका द भ्वाइस अफ नेपालका पेज मार्फत् पनि अडिसनमा सहभागी हुन सकिने आयोजकले जनाएको छ । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले द भ्वाइस अफ नेपालको उत्पादन टीमको फोनमा समेत सम्पर्क गर्न सक्ने भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!