हिपमत डटकम

आइतबार, मंसिर २१, २०७७ || 656  पटक पढिएको

पंजाबी गायक तथा अभिनेता दिलजीत दोसांझले दिल्लीमा आन्दोलनरत किसानलाई चिसोबाट जोगाउनका लागि एक करोड दान दिएका छन् । यो पैसाले किसानका लागि न्यानो कपडा प्रदान गरिनेछ ।

चिसो मौसममा पंजाबका किसान र वृद्धवृद्धा सिंघू बोर्डरमा बसेर धर्ना दिइरहेका छन् । यस्तोमा दिलजीतले चिसो मौसमलाई ध्यानमा राखेर यस्तो कदम उठाएका हुन् । यसबारे पंजाबी गायक सिंघाले भिडियो सन्देश दिएर जानकारी दिएका छन् । साथै, दिलजीतलाई उनको योगदानका लागि धन्यवाद पनि दिएका छन् ।

कंगनासँग ट्वीटरमा भिडेका थिए दिलजीतः

स्मरण रहोस्, दिलजीत दोसांझ आजकाल कंगना रनौतसँग आफ्नो ट्वीटर वारका लागि चर्चामा छन् । यो वार त्यतिबेला सुरु भयो जब कंगनाले किसान आन्दोलनमा आएकी एक वृद्धालाई शाहिन बाग आन्दोलनमा भाग लिएकी हजुरआमा भनिन् र उनलाई कुनै पनि आन्दोलनमा सय रुपैयाँमा उपलब्ध बताइन् । दिलजीतलाई सो कुरा चित्त बुझेन र उनले महिलाको वास्तविक पहिचानको खुलासा गर्दै कंगनालाई कटाक्ष गरे जसले विवादको श्रृङ्खला नै बनायो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!