शिल्पा शेट्टीकी कान्छी बहिनी शमिता शेट्टीले सन् २००० मा रिलिज भएको फिल्म ‘मोहब्बतें’ बाट आफ्नो बलिउड डेब्यू गरेकी थिइन् । यशराज ब्यानरमा बनेको यो फिल्ममा अमिताभ बच्चन, शाहरुख खान र ऐश्वर्या रायसहित थुप्रै कलाकार देखिएका थिए । फिल्ममा शमितालाई उदय चोपडासँग रोमान्स गरिरहेको देखिएको थियो ।

शमिताले मोहब्बतेंबाट धमाकेदार डेब्यू गरेता पनि कम मानिसहरुलाई थाहा होला कि यो फिल्मका लागि शमिताले आमिर खानको सुपरहिट फिल्म ‘लगान’ मा काम गर्न अस्विकार गरेकी थिइन् । हालै शिल्पा शेट्टीले नेहा धूपियाको च्याट शोमा यसबारे खुलासा गरेकी हुन् । शिल्पाका अनुसार शमितालाई एकै समयमा दुई फिल्म ‘लगान’ र ‘मोहब्बतें’ अफर भएको थियो । शमिताले दुबै फिल्ममा साइन गर्न सक्दिनथिन् त्यसैले उनले मोहब्बतें छानिन् । त्यसपछि लगानमा मुख्य भूमिकाको रुपमा नायिक ग्रेसी सिंहलाई कास्ट गरियो । यद्यपि, शमितालाई यसको कुनै पछुतो छैन ।

स्मरण रहोस्, आमिर खानको ‘लगान’ लाई दर्शक र समीक्षकले यति मन पराए कि यो ओस्करका लागि पनि नोमिनेट भएको थियो । यो फिल्मले ८ नेशनल अवार्ड, ८ फिल्मफेयर र ८ स्क्रिन अवार्ड आफ्नो पोल्टोमा पारेको थियो । फिल्ममा आमिरबोहक ग्रेसी सिंह र हलिउड अभिनेत्री रशेल श्ल्यालेले महत्वपूर्ण भूमिका निभाएका थिए ।

शमिताको फिल्मी करियर कहिले पनि राम्रोसँग चल्न सकेन । उनले दक्षिण भारतीय सिनेमामा पनि हात हालिन् र वेब सिरिजमा पनि देखिइन् । यसबाहेक उनी बिग बस सिजन थ्री, झलक दिखला जा सिजन ८, फियर फ्याक्टर खतरोंका खिलाडी ९ मा पनि देखिइसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!