बुटवलमा प्रहरीको पेस्तोल खोसेर गैंडाको खाग तस्करले गोली चलाएको छ । तस्करले चलाएको गोली लागेर एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आइतबार बिहान बुटवल उपमहानरगरपालिकास्थित चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

तस्करको गोली लागेका घाइतेको पहिचान भइसकेको छैन । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको राठौरले बताए । राठौरका अनुसार घाइतेको चिउँडोमा गोली लागेको छ ।

‘तस्करले चलाएको गोली लागेर तस्कर समूहकै एकजना घाइते भएको हो,’ डीएसपी राठौरले भने, ‘पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेका छन् ।’ प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार भएका छन् ।

होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा प्रहरी टोली होटलमा पुगेको थियो । प्रहरी आएको सूचना पाउनेबित्तिकै तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली चलाएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!