बिहिबार, माघ ०९, २०७६ || 555  पटक पढिएको

हिपमत डटकम , काठमाडौँ ,९ माघ ः काठमाण्डौ महानगर पालिकाले बुधबार मात्रै रत्नपार्क र सुन्धारा क्षेत्रका सडक छेउमा समूह बनाएर गीत गाउने सात दृष्टिविहीन समूहको माइक र स्पिकर खोसेको छ । पिडित मीनबहादुर भन्छन, ‘सडकमा गीत गायो भनेर उठाउने अनि सामान फिर्ता माग्दा गीत गाउनुस् भन्ने भनेपछि ती प्रहरी चुप लागे,’ । दृष्टिविहीनहरूले महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर आफ्नो कुरा राख्ने प्रयाससमेत गरेका थिए । तर कर्मचारीले शाक्य कार्यालयमा नभएको जनाउ दिएपछि उनीहरू समाज कल्याण विभाग छिरेका थिए । विभागका निर्देशक हरि कुँवरले सडकमा गीत गाएर माग्न नपाइने र यस्तो काम कानुनविपरीत हुने बताए । महानगरपालिकाले गत मंसिर २९ मै सडकमा बसेर गीत गाउनेहरूलाई विकल्प खोज्न र अटेर गरे पक्राउ गरिने बताइसकेको उनले सुनाए ।त्यही दिन प्रहरी परिसर काठमाडौंले बौद्ध परिसरबाहिर माग्न बसेका र गीत गाइरहेका करिब २२ दृष्टिविहीनलाई पक्राउ गरेको थियो ।साभार ईकान्तीपुर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!