निशान कंडेल

शुक्रबार, मंसिर १९, २०७७ || 941  पटक पढिएको

आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गरेर भिडियोलाई फिल्मी स्वरुप दिने निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द ,निशान भट्टराईको स्वर र सुवास भुषालको संगीत रहेको गीतलाइ भाका इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडासँगै दुई फरक समुदायका युवायुवतीबीचको प्रेम देखाइएको ‘सरला’मा
मधेशी समुदायमा हुर्के-बढेका अभिनेता नाजिर हुसेनले भिडियोमा अभिनय गरेका छन् । उनलाई अनु थापाले साथ दिएकी छन् । अन्तरजातिय प्रेम विवाह गरेपछि नाजिरको परिवारले दाइजो नल्याएको भन्दै अनुमाथि गरेको नराम्रो व्यवहारलाई भिडियोमा देखाइएको छ ।सागर प्रधानको क्यामेरा , जिवन थापाको सम्पादन र कलर ग्रेडिङ रहेको भिडियोलाइ सार्वजनिक भएसंगै दर्शकले राम्रा राम्रा प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!