हिपमत डटकम

शुक्रबार, मंसिर १९, २०७७ || 704  पटक पढिएको

जाफ्ना स्टालियन्सले लंका प्रिमियर लिग (एलपीएल) मा अपराजित यात्रा कायम राख्दै लगातार चौथो जित हात पारेको छ । यस्तै दम्बुला भाइकिङ्सले पनि तेस्रो जित हात पारेको छ ।

बिहीबार भएको खेलमा जाफ्नाले गाल्ले ग्लाडिएटर्सलाई ५ विकेटले पराजित गरेको हो । गाल्लेको भने यो लगातार चौथो हार हो । अपराजित जाफ्नाले ४ खेलबाट ८ अंक जोडेको छ र शीर्ष स्थानमा छ ।

गाल्लेले दिएको १७१ रनको लक्ष्य जाफ्नाले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । जाफ्नाका लागि ओपनर आभिष्का फर्नान्डोले ५९ बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८४ रन बनाए । यस्तै मिनोद भुनकाले ४० रन योगदान गरे । वानिन्दु हसारंगाले ७ बल खेल्दै अविजित १७ रन बनाए । गाल्लेका असिथा फर्नान्डोले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गाल्लेले ओपनर धनुस्का गुनतिलकाको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो । गुनतिलकाले ४४ बल खेल्दै ७ चौका मद्दतमा ५६ रन बनाए । यस्तै चाडविक वाल्टनले ३१, अहसान अलीले २९ र अजाम खानले २५ रन जोडे ।

जाफ्नाका लागि वानिन्दु हसारांगाले २ विकेट लिए भने उसमान सिनवारी, धनन्जय डे शिल्भा र सुरंगा लकमलले १-१ विकेट लिए ।

यस्तै अर्को खेलमा दम्बुला भाइकिङ्ले पनि क्यान्डी टस्कर्सलाई ५ विकेटले नै पराजित गरेको छ । एन्जेलो परेराले अर्धशतक प्रहार गरेपछि दम्बुलाले १५७ रनको लक्ष्य १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । परेराले ४० बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६७ रन बनाए । यस्तै कप्तान दसुन सनाकाले ३३ रन जोडे । उनले २३ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यान्डीले कुशल मेन्डिसको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । मेन्डिसले ४५ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५५ रन बनाए । यस्तै कप्तान तथा विकेटकिपर कुशल परेराले ४१ रन बनाए । बलिङमा क्यान्डीका कसुन रजिथा र मालिन्नदा पुष्पकुमाराले २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!