हिपमत डटकम
प्रकाश पाक्साँवा
तेह्रथुम, ७ माघ: नेपाल भ्रमण बर्ष सन २०२० लाई केन्द्रित गर्दै छथर गाउँपालिकाको प्रथम चौमासिक योजनाको समिक्षा भेला पर्यटकीय स्थल चाङलुङमा सम्पन्न भएको छ । भ्रमण बर्षलाई सघाई पुर्याउने उदेश्यका साथ गाउँपालिकामा रहेका पर्यटकीय स्थलहरुमा बैठक तथा भेलाहरु सञ्चालन सुरु गरीएको हो । गाउँपालिकामा रहेका वडाहरु सञ्चालन गरेको योजनाको हरुको बारे ६ वटै वडाका वडासचिवहरुको प्रगती प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिबेदनमा योजना सञ्चालनमा भएका कठिनाई तथा वडा कार्यालयहरुमा हुने समस्याहरु लगायतका बिषयहरु समाबेश गरीएको थियो ।

भेलामा गाउँपालिकामा रह्ेका बिषयगत शाखाहरुकाले सञ्चालन गरेको कार्ययोजनाको बारे शाखाका प्रमुख तथा प्रतिनिधीहरुले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत भएको प्रतिबेदनमा समाबेश भएका बिषयबस्तु माथी गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख कुमार बस्नेतले समस्याको समाधानका निम्ती ध्यान दिनु पर्ने बताउनु भयो । गाउँपालिका तथा वडाबाट सञ्चालन भई रहेको योजनाहरुमा भई रहेको समस्या समाधानका निम्ती गाउँकार्यपालिकाको बैठकले नितीगत निर्णय गरी समाधान गर्ने गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुले बताउनु भयो । गाउँपालिकाको गौरवको योजना सञ्चालनका निम्ती प्रदेश तथा संघीय सरकार समक्ष समन्वय भई रहेको अध्यक्ष लिम्बुले बताउनु भयो ।

कार्यपालिकाका पदाधिकारी,बिषयगत शाखाका प्रमुख तथा प्रतिनीधी,गाउँपालिकाका कर्मचारी लगायतको भेलमा सहभागीता रहेको प्रबक्ता राजन नेपालीले बताउनु भयो । पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार तथा प्रर्बधन गर्न गाउँपालिकाले कार्यपालिकाको बैठकहरु पर्यटकीय स्थलहरुमा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!