कंगना रनौटले किसान अन्दोलनसँग जोडेर जुन हजुरआमाको मजाक उडाएकी थिइन्, अब उनले कंगनालाई जवाफ फर्काएकी छिन् । भारतीय मिडियासँगको कुराकानीमा ती वृद्धाले कंगनालाई पागल बताएकी छिन् र कंगनाले आफूमाथि लगाएको आरोपलाई गलत भनेकी छिन् ।

कंगनालाई के थाहा, खेती के हो ?

एबीपी न्यूजसँगको कुराकानीमा८० वर्षकी वृद्धा मोहिन्दर कौरले भनिन्, ‘कंगनालाई के थाहा, खेती के हो ? उनी पागल हुन्, उनले जे पनि भनेकी छिन्, त्यसमा धिक्कार छ । कंगनालाई के थाहा किसानको कमाई कति हुन्छ । जब पसिना बग्छ, रगत तातो हुन्छ तब मात्रै पैसा आउँछ । किसानी गरेर पैसा कमाउन निकै मुश्किल छ । कंगनाले ममाथि निकै गलत आरोप लगाएकी छिन् ।’
कंगनाले के भनेकी थिइन् ?

कंगनाले मोहिन्दर कौरसँग जोडिएको एक पोस्ट सेयर गर्दै लेखेकी थिइन्, ‘हाहाहा, उनी त्यहि हजुरआमा हुन् जसलाई टाइम म्यागजिनको कभरमा सबैभन्दा शक्तिशाली भारतीय बताइएको थियो । र उनी सय रुपैयाँमा उपलब्ध छिन् । पाकिस्तानी पत्रकारले भारतका लागि निकै लज्जास्पद तरिकाले अन्तर्राष्ट्रिय पिआर हाइज्याक गरेको छ । हामीलाई अन्तर्राष्ट्रिय स्तरमा बोल्नका लागि आफ्नै मानिसको आवश्यकता छ ।’

कंगनाले नाम नै नलिई मोहिन्दर कौरलाई शाहिन बागमा सीएए र एनआरसीको विरोधमा समावेश भएकी बिलकिस बाने बताएकी थिइन् । यद्यपि, जब उनलाई ट्रोल गरियो तब उनले आफ्नो पोस्ट डिलिट गरेकी थिइन् ।

सय रुपैयाँले मैले के गर्ने ?

मोहिन्दरले उक्त अन्तर्वार्तामा सय रुपैयाँ कमेन्टमाथि पनि प्रतिक्रिया दिएकी छिन्, ‘मेरो खेतमा काम कहिल्यै कमी हुँदैन । यस्तोमा म सय रुपैयाँका लागि प्रदर्शनमा समावेश हुन किन जान्छु ? कंगनाले जे भनेकी छिन् त्यो गलत हो । ’

उनले कंगनालाई कसैका लागि पनि गलत नबोलिदिन सुझाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!