हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 814  पटक पढिएको

कावासोतीका एक नवदम्पतीले बिहे भोजमा खर्च हुने रकमले अपाङ्गता भएकालाई खाद्यान्न सहयोग गरेका छन् । मंसिर १६ गते बिवाह गर्नुभएका नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिका १३ रुदौलीका चिरञ्जीवी पौडेल र अनु सुवेदीले बिहेपछि गर्ने भोजभतेर नगरेर अपाङ्गता भएकालाई सहयोग गर्नुभएको हो । बुधबार एक कार्यक्रमका बीच नवदम्पतीका परिवारको सहभागितामा कावासोती ८ मा रहेको मौलाकालीका अपाङ्गता सेवा संस्थालाई चामल, दाल, तेल, आलु, कोदोको पिठो, हरियो तरकारी, टिमुर, जिम्मु भट्टलगायतका अर्गानिक खाद्यान्न हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पौडेलले पछिल्लो समयमा बिवाहमा हुने तडकभडकका कारण सामान्य र निम्नवर्गका परिवारलाई समस्या परिरहेको बताउनुभयो । ऋण काढेर अरुलाई देखाउनका लागि ठूल्ठूला भोजभतेर गर्ने परम्पराका कारण समाजमा विकृति बढिरहेकाले त्यस्तो विकृतिलाई निरुत्साहित गर्न आफूले यसरी भोजभतेरको खर्च रोकेर अशक्तलाई आफ्नो क्षमताले सहयोग गरेको बताउनुभयो । समाज र सामाजिक सञ्जालमा देखाउनकै लागि अहिले अनावश्यक रुपमा तडकभडक गर्ने प्रचलन बढेको भन्दै उहाँले यस्ता विकृतिको अन्त्य गर्न युवा पुस्ताले पहल गर्नुपर्ने बताउनुभयो । समाजमा केही सकारात्मक सन्देश दिनका लागि पनि आफूले परिवारसँग सल्लाह गरेर सहयोग गरेको उहाँले बताउनुभयो ।

आफूले अर्गानिक उत्पादनको बिक्री वितरण गर्दै आएकाले पूर्ण रुपमा अर्गानिक खाद्यान्न सहयोग गरेको उहाँको भनाइ थियो । स्वास्थ्यका लागि फाईदाजनक हुने भएकाले स्थानीय जातका विभिन्न खाद्यान्न सहयोग गरेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल रेडक्रश सोसाइटी कावासोती उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले नवदम्पत्तीले गरेको काम सरा¥हनीय रहेको बताउनुभयो । अहिलेका अधिकाशं युवा पुस्ताहरु मोजमस्तिमा रमाउन रुचाउने देखेको भन्दै उहाँले युवा भएर पनि पौडेल दम्पतीले गरेको सामाजिक काम अन्यका लागि उदाहरणीय रहेको बताउनुभयो । संस्थामा अहिले १५ जना अपाङ्गता भएका बालबालिकाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!