हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 601  पटक पढिएको

रौतहट प्रहरीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजान लागेको १३ वटा गाईबस्तु बुधबार नियन्त्रणमा लिएको छ । जिल्लाको इशनाथ नगरपालिका वडा नं. ९ डुमरियाबाट भन्सार छलीका १३ वटा गाईबस्तु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्लाको सीमा नाकाहरुबाट हुने भन्सार छली, चोरी निकासी तथा पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत प्रहरी चौकी औरैयाबाट खटेको प्रहरीको गस्ती टोलीले बुधबार साँझ साढे ३ बजेको समयमा डुमरियाबाट लौतनातर्फ जाने बाटो हुँदै लगिरहेको अवस्थामा १२ वटा गाई र एक बाछो गरी १३ वटा गाईबस्तु नियन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा तस्करहरुले प्रहरी गस्ती टोलीलाई देख्नासाथ गाईबस्तु छाडेर भागेको थियो ।

प्रहरीलाई हेरेर तस्करहरुले फरार भएपछि सो ठाउँबाट अन्दाजी एक लाख २५ हजार मूल्य बराबरको गाईबस्तु बेवारिसे अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद गरिएको गाईबस्तु आवश्यक कार्यवाहीको लागि बुधबार नै जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!