हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 887  पटक पढिएको

क्यानेडेली अभिनेत्री इलेन पेजले आफु ‘ट्रान्सजेन्डर’ रहेको खुलासा गरेकी छिन् । इन्स्टाग्राममा लामो लेख लेख्दै यस्तो घोषणा गरेपछि उनले आफ्नो नाम बदलेर इलियोट पेज राखेकी छिन् । नेटफ्लिक्सको चर्चित शृंखला ‘द अब्रोला एकेडेमी’ की यी अभिनेत्री सन् २००७ मा ‘जुुनो’ फिल्मबाट ओस्कार अवार्डमा मनोनित भएकी थिइन् ।

उनले ट्रान्स समुदायका धेरै व्यक्तिबाट निरन्तर प्रभावित भएपछि आफ्नो वास्तविकता सबैसामु उजागर गरेको बताएकी छिन् । आफ्नो लैंगिक अवस्थालाई बाहिर ल्याउन पाउँदा निकै महत्वपूर्ण महसुस भएको र यसलाई वर्णन गर्न नसकिने उनले बताएकी छिन् । ‘तपाईहरुको साहस, दया र अनन्त रुपमा यो संसारलाई थप फराकिलो र भावनात्मकस्थल बनाउन तपाईहरुले गर्नुु भएको प्रयासका लागि धन्यवाद दिन्छुु,’ ट्रान्स समुदायका अन्य व्यक्तिहरुको सम्मानमा उनले लेखेकी छिन् ।

उनले सन् २०१४ मै आफुु गे अभिनेत्री रहेको घोषणा गरेकी थिइन् र यसबापत उनलाई धेरै प्रशंसा पनि मिलेको थियो । उनले अब ‘सी’ को साटो ‘ही’ सर्वनाम प्रयोग गर्ने बताएकी छिन् । यद्यपी, ‘ही’ ले पूरुष वा महिला कुनै एकको प्रतिनिधित्व नगर्ने उनको भनाई छ । आफ्नो ट्रान्स जेन्डर पहिचानलाई सार्वजनिक गर्न पाउँदा खुसी लागेपनि अन्य व्यक्तिबाट आउनसक्ने सम्भावित मजाक, घृणा र हिंसाको भय रहेको उनको इन्स्टाग्राममा उल्लेख छ ।

तर, उनको भयका बाबजुद धेरै समर्थकहरुले प्रसंशा र समर्थन गरेका छन् । उनको इन्स्टाग्राम पोस्टमा यस घोषणाको ५ घण्टाभित्रै १२ लाख लाइक्स आइसकेको छ । नेटफ्लिक्सले इलेनबाट इलियट बन्ने उनको घोषणाको प्रसंशा गरेको छ । ‘हाम्रो सुपर हिरोलाई हामी धेरै गर्व गर्छौं । हामी इलियोटलाई माया गर्छौ, सिजन ३ मा तपाई फर्किएको हेर्न धेरै प्रतिक्षा गर्न सक्दैनौं,’ नेटफ्लिक्सको आधिकारिक ट्वीटर ह्यान्डलमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!