खबर ठुलो छ

पूर्व–पश्चिम राजमार्गस्थित सुनसरीको साविक मधेशा गाविस–४ मा ०६२ मंसिरमा सवारी दुर्घटना भयो । दुईवटा बस आपसमा ठोक्किँदा सुनसरी ईनरुवा–३ घर भएकी १८ वर्षीया लक्ष्मी श्रेष्ठको ज्यान गयो । कस्तुरी उच्च माध्यमिक विद्यालय ईटहरीका विद्यार्थी बोकेको को.२ ख ६० नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ना.२ ख ९१५९ नम्बरको मकालु बस आपसमा ठक्कर खाएको थियो ।

दुर्घटनापछि भागेका कस्तुरी उच्च माध्यमिक विद्यालयका बस चालक ३३ वर्षीय बलराम सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्रेको छ । ग्रामथान गाउँपालिका–२ घर भएका सरदारलाई विराटनगरबाट पक्राउ गरिएको सुनसरीका एसपी कमल थापाले रातोपाटीलाई बताए ।

सरदारले हाँकेको गाडीको ठक्करबाट गम्भिर घाइते भएकी लक्ष्मीको उपचारका क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा निधन भएको थियो । १५ वर्षपछि पक्राउ गरिएका सवारी ज्यान मुद्दाका आरोपीलाई जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।

बुधबार, मंसिर १७, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया